खोटेहाङ गाउँपालिकामा ५४ वर्षपछि माध्यमिक तह सञ्चालन

खोटाङ, १८ वैशाख (रासस) ःखोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित माबेमा सञ्चालित भानु आधारभूत विद्यालयमा माध्यमिक तहको पठनपाठन सुरुआत गरिएको छ । विसं २०२६ मा स्थापना भएको भानु विद्यालयलाई गाउँपालिकाले यही शैक्षिकसत्रदेखि कक्षा ९ सञ्चालनको अनुमति दिएसँगै मावि तहको कक्षा सुरु गरिएको हो । कक्षा ९ मा ३१ विद्यार्थी भर्ना गरेर पठनपाठन सुरु गरिएको गाउँपालिकाका प्रमुख उदिमबहादुर राईले बताउनुभयो ।

गाउँमै मावि तहको विद्यालय सञ्चालन भएसँगै लिच्कीराम्चेका विद्यार्थीले तीन घण्टा पैदल हिँडेर छिमेकी वडामा सञ्चालित सिम्पानी मावि सिम्पानी पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ । स्थानीय अभिभावकले सङ्कलन गरेको चन्दा तथा गाउँपालिकाको सहयोगले मावि तहको विद्यालय सञ्चालन गरिएको प्रधानाध्यापक गोपाल राईले बताउनुभयो ।

सो अवसरमा गाउँपालिका उपप्रमुख रुपेश राई, वडाध्यक्ष इन्द्रबहादुर राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रदेश समिति सदस्य राजन ढकाल, नेकपा (माओवादी केन्द्र) गाउँपालिका अध्यक्ष दीपेन्द्र राईलगायतले शुभकामना दिनुभएको छ ।

मावि तह सञ्चालनार्थ चन्दा सहयोग गर्ने अभिभावकलाई सम्मानपत्रसमेत प्रदान गरिएको थियो । निमावि राहत तीन, प्रावि राहत एक, बालविकास सहायक एक, निजी एक र प्रावि दरबन्दी चार गरी दश शिक्षक रहेको उक्त विद्यालयको हालसम्म एक सय ८८ विद्यार्थी भर्ना भएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यार्थी भर्ना अभियान जारी रहेको उक्त विद्यालयमा गाउँपालिका र वडाले एक÷एकजना मावि शिक्षक व्यवस्था गर्ने सहमति भएको प्रधानाध्यापक राईले जानकारी दिनुभयो । विसं २०७८ को जनगणनाअनुसार तीन हजार ५७७ जनसङ्ख्या रहेको लिच्कीराम्चेमा लक्ष्मी माविसमेत सञ्चालित छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।