कटान रोक्न ‘आपत्कालीन तटबन्ध’

जानकी, १२ असार (रासस) : प्रत्येक वर्खामा कटान हुने बाँकेको राप्ती सोनारी–२ कचनापुरस्थित मदुईमा ‘आपत्कालीन तटबन्ध’ निर्माण सुरु गरिएको छ । लुम्बिनी प्रदेश सांसद कृष्णा केसीको पहलमा ‘आपत्कालीन तटबन्ध’ निर्माण सुरु गरिएको हो ।

सांसद केसीका अनुसार यसका लागि जलस्रोत मन्त्रालयमार्फत रु दुई करोड बजेट निकासा भएको छ । “सकेसम्म वर्षायाम अगाडि नै काम पूरा गर्ने गरी लागेका छौँ, विगतमा ठूलो क्षति पु¥याएको छ, हेक्टरौँ हेक्टर जमिन कटान भएर गएको छ”, सांसद केसीले भन्नुुभयो ।

विगत दुई दिनदेखि राप्तीमा कटान नियन्त्रणसम्बन्धी काम भइरहेको जनताको तटबन्ध कार्यालय लमहीका इन्जिनियर सूर्यदेव नायकले बताउनुभयो । राप्तीमा पानीको बहाव बढेकाले तारजालीको तटबन्ध गर्न समस्या हुने भएपछि आकस्मिक रोकथामको प्रयासस्वरुप अहिले ठूल्ठूला ढुङ्गा नदी छेउमा राख्ने गरिएको उहाँले बताउनुभयो । उक्त क्षेत्रमा करिब दुई सय २५ मिटर बराबर तटबन्ध गर्ने योजना रहेको छ ।

उहाँले ठूला ढुङ्गा राख्दा नदीले काट्न गर्न नपाउने बताउँदै ३० सेन्टी मिटरभन्दा कम ढुङ्गा नराखिने बताउनुभयो । कचनापुरको मदुई, फत्तेपुरको खल्ला झगडिया, नरैनापुरको भोजभगवानपुरलगायत नौ स्थानमा कटान नियन्त्रण गर्न आवश्यक रहेको इन्जिनियर नायकको भनाइ छ ।

पूर्वमन्त्रीसमेत रहनुभएका कचनापुरका स्थानीय प्रेमबहादुर भण्डारीले राप्ती नदीले आफ्नो करिब १२ बिघा जमिन कटान गरेको बताउनुभयो । “करिब ३० बिघा पक्का जमिन कटान भइसकेको छ, बिनौना र मदुवाको बीचमा पुलमा पनि क्षतिको सम्भावना छ ।”

नदी नियन्त्रणका लागि ठेक्का लागे पनि काम नभएको उहाँको भनाइ छ । राप्तीको बाढीले अहिलेसम्म करिब ३० बिघा पक्का जमिन कटान गरिसकेको छ । विसं २०७४ मा आएको बाढीले राप्तीको खेतीयोग्य जमिन कटान गर्न सुरु गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।