ओखलढुङ्गाका सुकुम्बासीलाई निस्सा वितरण

ओखलढुङ्गा, १७ असार (रासस) : यहाँका सुकुम्बासीलाई लालपुर्जाका लागि निस्सा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समितिले जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर भूमिहीन र सुकुम्बासीलाई निस्सा वितरण गर्न थालेको हो ।

जिल्लामै पहिलो पटक सुनकोशी गाउँपालिका–१ का राजु लुइँटेल र विनोद मगर, वडा नं ४ की बेलमाया राई, वडा नं ९ का बलबहादुर मोक्तान तथा १० की डेककुमारी घिमिरेले निस्सा पाउनुभएको छ । प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारी, गाउँपालिका अध्यक्ष कमल तामाङ र जिल्ला भूमि आयोगका अध्यक्ष पुरुषोत्तम लुइँटेलले सुुकुम्बासीलाई निस्सा हस्तान्तरण गर्नुभएको थियो ।

जिल्लाका आठ स्थानीय तहमध्ये सुनकोशी गाउँपालिकाबाट भूमिहीन र सुकुम्बासीलाई निस्सा वितरण सुरु गरिएकोे आयोगका जिल्ला अध्यक्ष लुइँटेलले बताउनुभयो । विभिन्न कागजपत्र र तीनपुस्ते विवरण भर्न छुट भई निस्सा नपाएका लाभग्राहीलाई पनि प्रक्रिया पूरा गरेर निस्सा वितरण गरिने उहाँको भनाइ छ ।

निस्सा वितरण गर्दै गाउँपालिकाका अध्यक्ष तामाङले लामो समयसम्म जग्गा नपाएका सुकुम्बासी नागरिकले निस्सा प्राप्त गरेसँगै अब लालपुर्जा पाउने बाटो खुलेको बताउनुभयो । लालपुर्जा प्राप्तिका लागि स्थानीय तहले आवश्यक सहजीकरण गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

प्रमुख जिल्ला अधिकारी कुमारीले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न सरकार लागिपरेको बताउनुभयो । जिल्लामा यकीन विवरण तयार गरेर निष्पक्ष भएर कोही नछुट्ने गरी आयोगले काम गर्नुपर्ने उहाँको भनाइ छ ।

निस्सा प्राप्त गरेकाले अब लालपुर्जा पाउने आशा राखेका छन् । निस्सा पाएका लाभग्राहीको अब थप अनुगमन गरेर जग्गा वितरणका लागि नापजाँच गर्ने कार्य अगाडि बढेपछि छिट्टै लालपुर्जा वितरण हुने आयोगले जनाएको छ । पहिलो चरणमा जिल्लामा एक सयभन्दा बढीको सङ्ख्यामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिने आयोगले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।