राना समुदायमा ‘सावनको डोला’को रौनक

दोधारा चाँदनी, २ साउन (रासस) : कञ्चनपुरका राना समुदायमा सावनको डोलाको रौनक छाएको छ । राना बसोबास गर्ने गाउँमा साउनको सुरुमै सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने चलन छ । यसलाई राना समुदायले ‘सावनको डोला’ भन्ने गर्दछन् ।

सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै राना समुदायको बसोबास छ । राना थारू समुदायले साउन महिनामा घर तथा समूहमा पिङ हालेर खेल्ने र सावनका डोला मनाउने परम्परा छ ।

यस वर्ष मलामासका कारण भदौ २ गते तीज मनाउने निर्णय गरे पनि त्यसअघी परम्परागत पहिरनमा सजिएका राना महिला आफ्नै पारामा गीत गाउँदै डोला खेल्दै रमाइलो गर्दछन् । यस पर्वलाई खेतीपातीको काम सकिएपछि थकाइ मेटाउने पर्वका रूपमा मनाउने गरिएको राना समुदायका जानकार बताउँछन् ।

भीमदत्त नगरपालिका–१९ का साहेब रानाले साउन १ गते नै राना गाउँमा सावनको डोला (पिङ) हालेको बताउनुभयो । “हाम्रो समुदायले साउनमा मनाउने गरेको तीज पर्व यस वर्ष मलामासका कारण भदौ २ गते मनाउने निर्णय गरेका छौँ”, उहाँले भन्नुभयो, “तीजअघि नै हाम्रो समुदायमा सावनको डोला राख्ने चलन छ ।” उहाँले विशेषगरी दिदीबहिनीले पिङमा मच्चिदै माङ्गलिक गीत गाउने गरेको जानकारी दिनुभयो ।

राना समुदायका महिलाहरूले दाजुभाइ र भतिजाहरुको दीर्घायुका लागि व्रत बसेर तीज मनाउने प्रचलन रहेको राजमती रानाले बताउनुभयो । छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायमा तीज पर्व आउन एक महिना अगावै दिदीबहिनीको घरमा गएर निम्ता दिने र तीज पर्व मनाउने चलन रहेको उहाँले जानकारी दिनुभयो ।

“हामी साउन महिनाभर सावनकी डोला मनाउँछौँ,” राजमतीले भन्नुभयो, “सावनकी डोलामा दिदीबहिनी तथा साथीभाइसँग रमाइलो हुन्छ ।” छुट्टै पहिचान र मौलिक संस्कृति रहेको यस समुदायमा पछिल्लो समय सावनको डोलाको महत्व र परम्परागत मान्यता नयाँ पुस्तामा पुस्तान्तरण हुन नसकेको राना समुदायका अग्रज बताउँछन् ।

“राना समुदायका पर्वहरु पुस्तान्तरण हुन सकेका छैनन्”, समुदायका जानकार सेटसिंह रानाले भन्नुभयो, “बदलिँदो समयसँगै हाम्रा पर्वहरु पनि लोप हुन थालेका छन् ।” उहाँले अहिले पिङ राख्न काठ पाउनै मुस्किल पर्ने गरेको बताउनुभयो । “अहिलेका युवालाई यसप्रति चासो छैन धेरै रोजगारीका लागि बाहिर छन्”, उहाँले भन्नुभयो, “हाम्रा परम्पराहरु अन्य समुदायको भन्दा पृथक छन् यसको पुस्तान्तरण हुनु जरुरी छ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।