ताप्लेजुङमा लाखेनाच सिकाइँदै

ताप्लेजुङ, २ साउन (रासस) : नेवार समुदायमा प्रचलित लाखेनाच सिकाउन सुरु गरिएको छ । परम्परागत कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले यहाँको नेपाल भाषा तथा सांस्कृतिक समाज ताप्लेजुङले नाच सिकाउन सुरु गरेको हो ।

गत शनिबारदेखि सदरमुकाम फुङ्लिङमा सञ्चालन भइरहेको लाखेनाच तालिममा १३ देखि ३५ वर्ष उमेर समूहका १५ जना नेवार समुदायका व्यक्ति सहभागी छन् । नेवार समुदायको धार्मिक तथा सांस्कृतिक उत्सवमा महत्वपूर्ण मानिने लाखेनाच कलाको संरक्षण र निरन्तरताका लागि पुस्तान्तरण गर्दै लैजानुपर्ने आवश्यकता भएकाले लाखेनाच सिकाउन थालिएको समाजका अध्यक्ष शङ्कर श्रेष्ठले बताउनुभयो ।

लाखेनाच नृत्य मात्रै नभई नेवार समुदायको सांस्कृतिक पहिचान र कलात्मक अभिव्यक्तिको मूर्त रुप भएकाले यसको निरन्तरता र संरक्षणमा ध्यान दिइएको श्रेष्ठको भनाइ छ । नेवार समुदायको बसोबास रहेको यस जिल्लामा गठेमङ्गल अर्थात् घण्टाकर्ण पर्वका अवसरमा हरेक वर्ष लाखेनाच निकाल्ने गरिएको छ । उक्त पर्वमा नेवार समुदायका मात्रै नभई अन्य समुदायका मानिसको समेत सहभागिता हुनेगर्छ ।

लाखेको मुखुण्डो पहिरिएर प्रस्तुत गरिने परम्परागत नृत्यलाई नै लाखेनाच भन्ने गरिएको छ । उक्त नाचमा ढोलक, ट्याम्को, मजुरालगायतका बाजा बजाइन्छ । भूतप्रेत नलागोस् र मरेको मान्छेको आत्माले दुःख नदेओस् भन्ने विश्वासका साथ लानेनाच देखाइने गरेको नेपाल भाषा तथा सांस्कृतिक समाज ताप्लेजुङका अध्यक्ष शङ्कर श्रेष्ठले बताउनुभयो ।

नेवार समुदायमा तन्त्रमन्त्र र भूतप्रेतबाट बच्न गठेमङ्गललाई विशेष दिनका रुपमा लिने गरिएको छ । यस दिनमा भीमकाय राक्षसको सम्झना गरिन्छ भने उक्त राक्षसको मृत्युपछि भय त्रासबाट मुक्त भएको विश्वास गरिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।