सुधार गृहका सञ्चालक साथीलाई भेट्न गएका विराटनगरका अभिषेक थापाको मृत्यु

विराटनगर । साथी भेट्न पुगेका विराटनगरका अभिषेक थापाको मृत्यु भएको छ ।

सुधार गृहका सञ्चालक लाई भेटन् पुगेका विराटनगर ११ का करिब ३५ वर्षिय थापाको बिहिबार राती मृत्यु भएको नेपाली काँग्रेसका महानगर कमिटी सभापति दिपक चापागाईले जानकारी दिए । उनका अनुसार थापा नेपाली काँग्रेस महानगर कमिटीका सदस्य समेत हुन् ।

विराटनगरस्थित नवज्योति सुधार गृहका सञ्चाल सुशील रिजाललाई भेट्न पुगेका थापा बेहोस अवस्थामा भेटिएको र तत्कालै उपचारका लागि लाइफा गार्ड स्पताल पु¥याइएको थियो । उनलाई उपचारका लागि अस्पताल पु¥याउन साथ चिकित्सकले मृत घोषणा गरिएको प्रहरीले जनाएको छ । रिजाल र थापा चिनजानको साथी हुन् ।

मृत्युको कारण हर्टको पाइप फुटेको अनुमान रहेको सभापति चापागाईले चिकित्सकलाई उदृत गर्दै जानकारी दिए । मृतक थापाको मुखबाट रगत निस्किएको बताउदै । उनले भने,‘डाक्टरको भनाई अनुसार मुटु फुटेर नै उहाँको मृत्यु भएको हो भन्ने भनाई छ, अब पोस्मार्टम रिपोर्ट आएर मात्रै के भएको हो भन्ने थाहा हुन्छ ।’

दिउँसो खाना खाएर आराम गरिरहेको अवस्थामा नै बेहोस भएको जानकारी दिँदै उनले बिहिबार अत्याधिक गर्मी भएकाले आराम गरिरहेको समयमा उठाउन जाँदा शरिर चिसो भएको र अस्पताल लग्दा लग्दै थापाको मृत्यु भएको जानकारी दिए ।

यता, उनको मृत्युको कारण खुलि नसकेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रन्जनकुमार दाहालले बताए । घटनास्थलमा प्रहरी निरिक्षको टोलीले अनुसन्धान गरिरहेको बताउदै उनले भने,‘उहाँको मृत्युको कारण खुलिसकेको छैन अहिले हाम्रो प्रहरी निरिक्षको टोली घटनाको अनुसन्धानका लागि घटनास्थलमा पुग्नुभएको छ अनुसन्धान भइरहको छ ।’-स्रोत : आवरविराटनगर

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।