धनकुटा पुगेर फर्किंदै थिए रोहित…

विराटनगर । इटहरी धरान सडक खण्डको सेउती पुलमा गोली हानेर हत्या गरिएका विराटनगरका रोहित चौधरी धनकुटा घुमेर फर्किएको खुलेको छ ।

उनी विराटनगरकै सुमना खत्रीसँग धनकुटा घुमेर मोटरसाइकलमा घर फर्कँदै थिए ।

धनकुटा घुमेर फर्किदा उनीहरू धरान इटहरी सडक खण्डको सेउती पुल कटेर रोकिएका थिए । सडक किनारामा मोटरसाइकल रोकेर बसेका बेला पैदल हिँड्दै आइरहेका ३ जना युवाले उनीहरूलाई लुटपाटको प्रयास गरेका थिए ।

घटना हुँदा सँगै रहेकी सुमनाले विवादपछि त्यो समूहमध्येका एक जनाले नजिकैबाट गोली प्रहार गरेको प्रहरीलाई बताएकी छन् ।

गोली प्रहारबाट रोहित गम्भीर घाइते भएका थिए । सुमनाले नै एम्बुलेन्स रोकेर घाइते रोहितलाई बिपी प्रतिष्ठानमा उपचारको लागि पुर्याएकी थिइन् ।

सुमनाका अनुसार हतियारधारी समूहका २ जनाले खुकुरी बोकेका थिए भने एक जनासँग पेस्तोल थियो । घटनास्थल धरान र इटहरीको सीमा क्षेत्र हो ।

अहिले चार कोशे जंगल क्षेत्रमा इटहरी र धरान प्रहरीले जङ्गलमा सर्च अप्रेसन गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता राजकुमार राईले बताए ।

उनले सीमा नाकामा पनि कडाइका साथ चेकजाँच भइरहेको छ । घटनास्थल चार कोशे जङ्गल भएकोले पनि प्रहरीले जङ्गलमा सर्च अभियान गरिरहेको छ ।

सुमनालाई चोटपटक नलागे पनि मानसिकरुपमा उनी विक्षिप्त बनेकी छन् ।-नेपाल प्रेस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।