सय किलो सुन ल्याउनेले नै ३ महिनामा १८ सय किलो भित्र्याएको कागजात भेटियो

काठमाडाै । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सय किलो सुन नेपाल ल्याउनेले नै पछिल्लो तीन महिनामा १८ सय किलो सुन नेपाल भित्र्याएको पाइएको छ। सुन भित्र्याउने कम्पनीको यसअघिका कागजात हेर्दा बुधबार नेपाल सामान भित्र्याएकै मोडालिटीमा थप वस्तु ल्याएको पाइएको हो। राजस्व अनुसन्धान विभागले भन्सारको सिस्टम समेत चलाउन पाउँछ। भन्सारमा उक्त कम्पनीले समान कति पटक कति परिमाणमा आएको र कस्तो वस्तु आएको हेर्न सुविधा छ।

राजस्व अनुसन्धान विभागलाई भन्सार र आन्तिरिक राजस्व विभागको प्रणालीमा पहुँच छ। सोही अनुसार विभागले सम्झौतासमेत गरेको छ। भन्सारको प्रााणली हेर्दा गत ३ महिनादेखि सोही प्रकारको वस्तु ल्याएको भेटिएको हो। बुधबार रेडी ट्रेड प्रालिको नाममा मोटरसाइकलको ‘ब्रेक शु’ भनेर १ सय केजी सुन भित्र्याइएको पाइएको छ।

सोही कम्पनीले तीन महिनामा १८ सय किलो सामान भित्र्याएको कागजात फेला पारेको हो। बुधबार ठूलो परिमाणमा सुन फेला पारेपछि त्यसमा संलग्न १० जाना पक्राउ परेका छन्। उनीहरूलाई निगरानी राखेर राजस्व अनुसन्धान विभागले अध्ययन गरिरहेको छ। सो अध्ययनको क्रममा थप सुनजस्तै वस्तु भित्रिएको देखिएको हो। ‘यो भन्दा पहिले पनि सोही प्रकृतिको वस्तु आएको देखिन्छ,’ विभागका एक अधिकारीले भने, ‘तर त्यो सुन थियो वा थिएन त्यसमा थप अध्ययन पछि थाहा हुन्छ।’

तर, वस्तुको प्रकृति र आएको स्थानहरू हेर्दा सबै एकै प्रकारका छन्। प्रज्ञापन पत्रमा ब्रेक–शु, ब्रेक प्याड, इलेक्ट्रिक सामान उल्लेख छ। यसअघि भित्र्याएको समानको कुल तौल १८ सय केजी देखिएको विभागले बताएको छ। त्यसमा सुन हो वा होइन र सुन भएको खण्डमा यकिन कति छ भन्ने अध्ययनको क्रममा रहेको जानाइएको छ।

बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद भएको ठूलो परिणामको सुन भने नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार महाशाखामै राखिएको छ। बबरमहलस्थित राष्ट्र बैंक अन्तर्गतको टक्सार महाशाखामै केही समयको लागि सुन राखिएको महाशाखा प्रमुख थानेश्वर आचार्यले जानकारी दिए।

उनका अनुसार सुनको थप परीक्षण गर्ने विषय अहिले अघि बढेको छैन। ‘त्यसको लागि राजस्व अनुसन्धान विभागको पत्र चाहिन्छ त्यो आएको छैन’, उनले भने।पत्र आएपछि सुनको गुणस्तर र यकिन परिमाण थाहा हुने उनले जानकारी गराए।बिहीबार दिउँसो उक्त सुन जोख्दा बट्टा (ब्रेक शु)सहित १५५ केजी पुगेको थियो। बरामद भएको सुन नाँपजाँच गर्नका लागि टक्सार महाशाखा ल्याइएको थियो। बुधबार विमानस्थल भन्सार जाँचपास भएर ट्याक्सीमा लाँदै गरेको अवस्थामा बरामद गरिसकेपछि राजस्व अनुसन्धान विभागले गुणस्तर जाँच र तौलका लागि बालुवाटारस्थित नेपाल राष्ट्र बैंकबाट पठाएको हो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।