कसले भांचिदियो डिएसपीको खुट्टा ?

जनकपुरधाम, महोत्तरीमा एक प्रहरी नायव उपरीक्षक (डिएसपी) माथि आक्रमण भएको घटना बाहिरिएको छ । धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत्त डिएसपी चन्देश्वर यादवमाथि आक्रमण भएको हो ।

घटना बिहीबार राति १० बजेको हो । महोत्तरीको जलेश्वर नगरपालिका–२ बसपार्क नजिक विद्यापति नगरमा उनीमाथि आक्रमण भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

उनका अनुसार डिएसपी यादवको दायाँ खुट्टा फेक्चर भएको छ । ‘११ बजे राति घाइते अवस्थामा रहेको हामीलाई थाहा भएपछि अस्पताल भर्ना गराएका थियौं’ डिएसपी गिरीले भने ‘अहिले उहाँको उपचार काठमाडौं स्थित प्रहरी अस्पतालमा भइरहेको छ ।’

घटनास्थलमा बचाउ बचाउ भन्दै डिएसपी यादवले गुहार मागेका थिए । उनी किन रति त्यहाँ पुगेको र के कारणले घटना भयो भन्ने खुलेको छैन । घटना रहस्यमय भएकाले प्रहरीले ढाकछोप गर्न खोजेका थिए ।

घटनाको छानविन गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एसपी महेन्द्र कुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्य छानविन टोलि गठन गरेको छ । टोलि शनिबार घटनास्थल पुगेर निरीक्षण समेत गरेको थियो । छानविन टोलिका संयोजक एसपी श्रेष्ठले छानविन गरिरहेकाले अहिले केही भन्न नमिल्ने बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।