सोह्रखुट्टेबाट बरामद गरिएका ‘ब्रेक शु’बाट ७३२.६ केजी सुन झिकेर ‘रिप्याक’

काठमाडौं । सुन तस्करीमा संलग्न रेडी ट्रेडर्स प्रालिको काठमाडौंस्थित सोह्रखुट्टे गोदामबाट बुधबार बरामद गरिएका स्कुटरको ‘ब्रेक शु’ बाट सुन झिकेको पाइएको छ । विभागका अनुसार सुन झिकेपछि दुरुस्तै बनाएर ‘ब्रेक शु’लाई कार्टुनमा ‘रिप्याक’ गरेको पाइएको हो ।

राजस्व अनुसन्धान विभागका अनुसार १ हजार ३२० थान बढी ‘ब्रेक शु’ बाट सुन झिकेको पाइएको हो । १००० ग्राम तौलको एक थान ‘ब्रेक शु’बाट ५५५ ग्राम सुन झिकेको पाइएको छ । समग्रमा ब्रेक शुबाट ७३२.६ केजी सुन झिकेको पाइएको छ । सुन झिकिएपछि अहिले ‘ब्रेक शु’को प्रतिथान तौल ४४५ ग्राम मात्रै रहेकाे छ ।

गोदामबाट बरामद गर्ने क्रममै सुन छुट्टयाएर तस्करले लगिसकेको अवस्थामा फुक्लेका ‘ब्रेक शु’ बरामद गरेको थियो । ती ‘ब्रेक शु’लाई ल्याब परीक्षणका लागि भन्सार विभाग पठाइएको थियो ।

गोदाममा केके भेटिए ?

गोदामबाट ‘ब्रेक शु’बाट सुन पगाल्ने उपकरण दुई थान र सुन तौलिने तुलो समेत भेटिएको विभागले जनाएको छ । ब्रेक शु, सुन पगाल्न प्रयोग गरिने मेसिन र तौलिने तुलो बरामद गरिएको गोदाम चिनियाँ नागरिकले भाडामा लिएर सञ्चालन गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।