माइतीबाट पाएको घरजग्गा कब्जा गरेर यौन शोषण गर्ने मिटरब्याजी पक्राउ

काठमाण्डौं, साउन १३ । पाँच लाख रुपैयाँ ऋणको साँवा र ब्याज एकमुष्ट तिर्न नसक्दा ३४ वर्षीया महिलालाई यौन शोषण गर्दै आएका मिटरब्याजी पक्राउ परेका छन् । ललितपुर ठेचोका सुर्जमान मालीलाई ३४ वर्षीया महिलालाई यौन शोषण गर्दै घरजग्गा हडपेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

उनले ती महिलालाई यौन शोषणसँगै घरजग्गा समेत कब्जा गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । पीडित महिलाले २०७५ सालमा श्रीमान् बिरामी हुँदा उपचारका लागि सुर्जमानबाट ऋण लिएकी थिइन्। सुर्जमानले पाँच लाख रुपैयाँ ऋणको मासिक ब्याजमात्रै ५० हजार रुपैयाँ तिर्नुपर्ने भनेपछि पीडित महिलाले पाँच लाख रुपैयाँको मासिक ५० हजार रुपैयाँका दरले दुई पटक ब्याज तिरेकी थिईन् ।

ऋणको साँवा घटाउने उद्देश्यले उनले स्वावलम्बन लघुवित्तबाट ऋण लिएर दुई लाख रुपैयाँ सुर्जमानलाई दिईसकेकी थिइन् । तर सुर्जमानले भने साँवाको सट्टा ब्याजमात्रै कटाएर ऋण र ब्याज एकमुष्ट तिर्न दबाव दिदै आएका थिए । प्रहरीका अनुसार पैसा तिर्न नसकिरहेको बेलामा ऋणब्याज मिनाहा गरिदिने भन्दै सुर्जमान र उनका साथीहरुले पीडित महिलालाई बलात्कार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

अनुसन्धानबाट महिलाले माइतीबाट पाएको घरजग्गा नै सुर्जमानले हडपेका थिए । पीडित महिलाले आफूमाथि भएको ज्यादतीबारे हिजो दिउँसो गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर सुनाएपछि प्रहरीले सुर्जमानलाई पक्राउ गरेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।