घाँस काट्न गएकी आउजीको भीरबाट लडेर मृत्यु
गोकुलेश्वर । अछाममा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ ।
अछामको मंगलसेन नगरपालिका–३ लाक्षीमनाकी उज्जली आउजीको घाँस काट्न गएको बेला बुधवार भीरबाट खसेर मृत्यु भएको हो ।
गाउँ नजिकै रहेको कोटसिम सामुदायिक वनबाट घाँस काटेर फर्किने बेलामा खसेर घटनास्थलमै मृत्यु भएको स्थानीय सुरेन्द्र बोगटीले जानकारी दिए। करिब तीनसय मिटर तल खसेर उनको निधन भएको बताइएको छ ।


