स्वास्थ्य केन्द्रका प्रमुखद्वारा मदिरा सेवन गरी महिला कर्मचारीमाथि दुर्व्यवहार

रूपन्देही । कपिलवस्तुको शिवराज नगरपालिकाकी एक महिला कर्मचारीमाथि आधारभूत स्वास्थ्य केन्द्र चन्द्रौटाका प्रमुखसहित दुई जनाले रातिको समयमा अभद्र व्यवहारको उजुरी परेको छ ।

नगरपालिकाले सञ्चालन गरेको आधारभूत स्वास्थ्य केन्द्र चन्द्रौटाका प्रमुख लेखनाथ पौडेल र शिवराज नगरपालिकाका भुवन पाण्डेले राति ड्युटीमा खटिएका महिला कर्मचारीमाथि मदिरा सेवन गरी अभद्र व्यवहार गरेको उजुरी परेपछि नगरपालिकाले आरोपित दुवैलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान थालेको छ ।

शुक्रवार राती करिब ११ बजे मदिरा सेवन गरी आधारभूत स्वास्थ्य केन्द्र चन्द्रौटाका प्रमुख पौडेल र भुवन पाण्डेले महिला कर्मचारीलाई यस्तो व्यवहार गरेको ती महिला कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतलाई निवेदन दिएकी छन्।

शिवराज नगरपालिका नगर प्रमुख अजय थापाले घटनाको सत्य तथ्य बुझ्नका लागि आरोपित कर्मचारीलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान थालेको बताए । अनुसन्धानबाट दोषी भेटिए कानुन बमोजिम कारबाही हुने र अनुसन्धान सहजताका लागि जिम्मेवारीबाट हटाइएको उनले जनाएका छन् ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख शेखरजंग मल्लले घटना बारेमा आफूले जानकारी पाएको तर, अहिलेसम्म कहीँ पनि उजुरी दर्ताका लागि भने नआएको बताए ।

‘घटना शुक्रवार रातिको भएको भन्ने छ । यद्यपि अहिलेसम्म यस घटनाबारे कसैले पनि उजुरी दिन आउनु भएको छैन। यसबारेमा हामी अनुसन्धान गर्छौँ,’ उनले भने ।

अन्य कर्मचारीले रातिको समयमा मदिरा सेवन गरेर ती महिला कर्मचारीमाथि अभद्र व्यवहार गरेको तर बाहिर प्रचारमा आएको बलात्कार प्रयासका विषयमा अनुसन्धान हुनुपर्ने जनाएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।