एसपी खड्काले कुट्दा प्रहरी जवानको कानको जाली फुट्यो

काठमाडौं । तल्लो दर्जामा कार्यरत प्रहरी हरेक तरहको भेदभाव हुने गरेको छ । कुनै अधिकृतले कुरै नबुझी तल्लो दर्जाका प्रहरीलाई कुट्ने, यातना दिने गरेका घटना यदाकदा आइरहन्छन् ।यस्तै भएको छ, बागमती प्रदेश प्रहरी गण हेटौंडामा ।

उक्त गणका गणपति एसपी महेन्द्रकुमार खड्काले दुई प्रहरी जवानलाई अन्धाधुन्द कुटपिट गर्दा कानको जाली नै फुटेको छ ।
प्रहरी जवान कुमार भण्डारी र प्रहरी जवान सन्तोष अधिकारीलाई एसपी खड्काले शनिबार विनाकारण कुटपिट गरेका छन् । एसपी खड्काको कुटाईबाट जवान भण्डारीको कानको जाली नै फुटेको छ ।

जवान भण्डारीका दम्पत्ति नै प्रहरीमा कार्यरत छन् । काभ्रेबाट गणमा सरुवा भएका भण्डारी दम्पत्तिलाई गेटबाट बाहिर निस्कन दिइएको थिएन ।

शनिबार बिहान अण्डरवेयर किन्न गणको गेटबाट बाहिर निस्केर तुरुन्त फर्किएका जवान भण्डारी र उनीसँगै गएका सन्तोष अधिकारीलाई एसपी खड्काले १ सय ५० भन्दा बढी प्रहरीका बीचमा एक्कासी कुटपिट गरेका थिए ।

उनले जथाभावी मानवीय संवेदना पनि नराखी कुट्दा भण्डारीको कान नै बन्द भएको छ । एसपी खड्काको आक्रमणबाट भण्डारीको कानको जाली नै फुटेको छ ।प्रहरी जवानलाई यातना दिएकोबारेमा एसपी खड्कासँग प्रतिक्रियाका लागि प्रयास गर्दा सम्पर्क हुन सकेन ।-न्यूजखरी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।