सवारी दुर्घटना, दुई जनाको मृत्यु

मकवानपुर, १५ साउन (रासस) ः चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना५७प २३१ नम्बरको मोटरसाइकल मनहरी गाउँपालिका–९ ज्यामिरेमा सडकमा रोकी राखेको ना५ख ७४७२ नम्बरको ट्रकमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार मनहरी–९ का २२ वर्षीय शम्भु गिरी र २१ वर्षीय सुशील गिरी रहेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले उनीहरुको चितवनको पुरानो मेडिकल कलेज भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताउनुभयो ।

प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिइ घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।