यि दुई बालिका ४ दिन देखि बेपत्ता
अछाम :अछामबाट २ बालिका सम्पर्क बिहिन भएकी छिन।साउन १० गते देखि जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ७ डाडामार्कुका कालु सिह बोगटीकी १६ वर्षिया छोरी हेलु बोगटी र सोही टोलका शिव विककी १५ वर्षिया छोरी योजना विक हराईरहेकी हुन।
साउन १० गते साँझ अन्दाजी ४ बजे तिर घरबाट घाँस काट्न भनी हिडेकी उनिहरु सबैतिर खोजिकार्य गर्दा पनि कतै नभेटिएकी आफन्तले जनाएका छन।उनिहरुले घास काट्न लिएका डोका गाउँ नजिकै रहेको लक्ष्मी आधारभुत विद्यालय नजिक भेटिएका वडा अध्यक्ष ललित बहादुर बोगटीले बताए ।
बालिका भेट्नेले नजिकको प्रहरी कार्यालय वडा अध्यक्ष
ललित बहादुर बोगटी ९८६८४३१६५७, ९८०४६४७८०९वडा सदस्य बिमला विक वडा सदस्य ९७४६२५३५५६ मा सम्पर्क गरिदिन आफन्तले आग्रह गरेका छन।-निराकरण खबर


