फेरि भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा पनि बढ्ने

काठमाडौं । भारतबाट पेट्रोल तथा डिजेलको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले अगस्ट १ तारिखमा नेपाल आयल निगमलाई पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर करिब सवा ८ रूपैयाँ, डिजेल ६ रूपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

यस्तै मट्टितेल साढे ७ रूपैयाँ र हवाई इन्धनमा ८ रूपैयाँले बढेको छ । खाना पकाउने ग्यासको मूल्य भने एक सय रूपैयाँले घटेको नेपाल आयल निगमले जनाएको छ ।

नेपालमा साउन १ गतेदेखि स्वचालित मूल्य प्रणाली लागू भइसकेको छ । यस आधारमा भारतबाट बढेर आएको मूल्य यहाँ पनि बढ्ने र घटेर आएको मूल्य घट्ने निगमले जनाएको छ । आईओसीले हरेक १५-१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ ।

सोअनुसार स्वचालित प्रणालीबाट निगमले मूल्य समायोजन गर्नेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।