ताप्लेजुङको पाथीभरा क्षेत्रमा बहुउद्देश्यीय तथा पर्यटन सूचना केन्द्र भवन निर्माण हुने

फुङ्लिङ, १७ साउन (रासस) : ताप्लेजुङको पाथीभरा क्षेत्रमा बहुउद्देश्यीय तथा पर्यटन सूचना केन्द्र भवन निर्माण हुने भएको छ । चालु आर्थिक वर्षका लागि सहरी विकास तथा भवन निर्माण विभागले बजेट विनियोजन गरेसँगै केन्द्र स्थापना हुने भएको हो ।

फुङ्लिङ नगरपालिका–११ तल्लो फेदी पाथीभरा जाने पदर्मागको प्रवेशद्वार भएकाले उक्त स्थानमा सूचना केन्द्र स्थापना गर्दा पर्यटकलाई सहज हुने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो । उहाँका अनुसार केन्द्र स्थापनाका लागि विभागमार्फत रू ३५ लाख रकम विनियोजन भएको छ । उहाँले भन्नुभयो, “रू पाँच करोड माग गरेका थियौँ, अहिले बजेट थोरै आए पनि क्रमागत रुपमा आउँछ ।”

पाथीभरा आउने धार्मिक पर्यटकलाई यहाँको महत्वका साथै यात्राका क्रममा आवश्यक पर्ने सामग्रीका बारेमा जानकारी गराउने उद्देश्यले केन्द्र स्थापना गर्न लागिएको समितिले जनाएको छ । केन्द्र स्थापना भएसँगै ताप्लेजुङमा रहेका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलको एकै ठाउँबाट सूचना उपलब्ध हुनेछन् ।

“समुद्र सतहबाट तीन हजार सात सय मिटरमा अवस्थित पाथीभरा प्रसिद्ध धार्मिकस्थल हो”, काफ्लेले भन्नुभयो, “यहाँ दैनिक हजारौँ दर्शनार्थी आउने भएकाले उनीहरुको सहजताका लागि सूचना केन्द्र स्थापनाको पहल थालेका हौँ ।” उहाँका अनुसार समितिमा एकै दिन २० हजारसम्मले पूजापाठ गरेको तथ्याङ्क छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।