भारतको केदारनाथ पहिरोमा वेपत्ता १३ जना नेपाली मध्ये ७ जना एकै घरका

काठमाडौं, साउन २० । भारतको केदारनाथमा गएको पहिरोमा परि जुम्लाको पातारासी गाउँपालिका–३ का एकै घरका ७ जना वेपत्ता रहेका छन्। उक्त पहिरोमा १३ जनाको मात्रै नाम ठेगाना खुलेको छ ।

पातारासी गाउँपालिका–३ चौरगाउँका २७ वर्षीय अमृत बोहरा, उनीकी श्रीमती २९ वर्षीया अनिता बोहरा, जेठी छोरी ११ सलिबा बोहरा, साहिली छोरी ९ वर्षीया पिंकी बोहरा, ७ वर्षीया एलिसा बोहरा, ४ वर्षीय छोरो जटिल बोहरा र डेढ वर्षको वकिल बोहरासहित एकै घरका ७ जना पहिरोमा बेपत्ता भएका छन्।

सोही गाउँका ४३ वर्षीय सुकराम रावत र उनका छोरा जोर रावत, ४४ वर्षीय बम बोहोरा पनि पहिरोमा बेपत्ता भएका छन्। सोही गाउँपालिका – २ पेरेगाउँका धनराज बुढा र चन्द्र कामी, उनका छोरा लालबहादुर कामी पनि पहिरोमा बेपत्ता भएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।