न्यायाधीशका पिएसओको पेस्तोल चोरी, दुईजना पक्राउ

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशको सुरक्षामा खटिएका पिएसओको पेस्तोल चोरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका २४ वर्षीय बासुदेव थामी र सिन्धुली घर भएका मेघबहादुर तामाङ छन् ।

असार ३१ मा प्रहरी नायव निरिक्षक (सई) प्रभाकर खड्कको घरबाट पेस्तोल चोरी भएको थियो । खड्का सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत हुन् । बौद्धस्थित खड्काको घरबाट पेस्तोल चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए ।

बौद्धस्थित शिव मन्दिर नजिकै लुकाएर राखेको अवस्थामा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले प्रहरीले प्रयोग गर्ने पेस्तोल र ७ राउण्ड गोली बरामद गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको एसपी ढुंगेलले बताए ।-रातोपाटी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।