झापा र मोरङबाट ब्राउन सुगर सहित २ जना पक्राउ

बिराटनगर, साउन २१ । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो साँझा साढे ७ बजे झापाको झापा गाउँपालिका-४ स्थितमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको साईकलयात्री ईलाम मङसेबुङ गाउँपालिका- ९ का ३० बर्षीय युवराज लिम्बुलाई संका लागि चेकजाँच गर्दा साईकलको ह्यान्डल भित्र लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा २ ग्राम ४ सय ५० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो ।

त्यस्तै बिराटनगर महानरपालिका-१६ स्थित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०२-०५२प ७५९६ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्न क्रममा चालक बेलबारी- ४ का ३३ बर्षीय सनम गुरुङको साथबाट ९ सय १० मिलिग्राम ब्राउन सुगर फेला पारेसगै मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।