आज दिनभरी झरीको सम्भावना

काठमाण्डाै – आज दिनभरी झरी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । गएरातिदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । धेरैजसो ठाउँमा आरीघोप्टे वर्षा भइरहेको छ ।

लगातारको वर्षाले देशका धेरैजसो नदी तथा खोलामा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाले बाढीको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविद् गोविन्द झाका अनुसार आज दिनभरी नै पानी पर्ने सम्भावना छ । भोलि पनि यसैगरी पानी पर्ने उहाँले बताउनुभयो ।

पर्सि भने आज र भोलिको तुलनामा कम पानी पर्ने अनुमान छ । यस्तै, खासै पानी नपरेको मधेस प्रदेशमा पनि गएरातिदेखि पानी परिरहेको छ । मधेस प्रदेशका केही ठाउँमा अति ठूलो वर्षा भइरहेको र अझै हुने सम्भावना रहेको मौसमविद् झाले बताउनुभयो ।

आज कोशी, मधेस, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।