पहिलोपटक एकसाथ देशभर वर्षा, आज हिजो अस्तिको भन्दा कम पानी पर्ने अनुमान

काठमाण्डौ – यसपालि मनसुन शुरु भएपछि पहिलोपटक एकसाथ देशभर वर्षा भएको छ । अस्तिरातिदेखि हिजोसम्म देशभर वर्षा भएको थियो ।

यसअघि निश्चित क्षेत्रमा मात्रै पानी परेको थियो भने बेलाबेलामा खण्डे वर्षा भने भइरहेको थियो ।

यसपालि गएको जेठ ३१ गते पूर्वी क्षेत्र हुँदै मनसुन नेपाल भित्रिएको थियो ।

मनसुनको शुरुवातमा पूर्वी पहाडी जिल्लामा जनधनको क्षति हुने गरी केही दिन ठूलो पानी परेको थियो भने भित्रिएको १० दिनपछि मात्रै मनसुन देशभर सक्रिय भएको थियो ।

यसबीचमा पहाडी क्षेत्रमा पानी परिरहे पनि तराई मधेशमा पर्न सकेको थिएन । तर, अस्ति रातिदेखि हिजोसम्म मधेश प्रदेशसहित देशभर पानी परेको छ ।

वर्षाका कारण तराई मधेशमा डुबानसमेत भएका छन् । यस्तै, बाढी समेत आयो ।

पहाडी जिल्लामा पनि बाढी पहिरोले नोक्सानी गरेको छ । पहिरोमा परेर मकवानपुर, सर्लाही र धुनषामा गरी चार जनाको ज्यान गएको छ ।

सात जना बेपत्ता छन् । त्यस्तै सर्लाहीमा दुई र मकवानपुर तथा धनुषमा एक एक जनाको ज्यान गएको हो ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपाल नजिक रहेकाले आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ । बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा भने ठूलो पानी पर्ने उहाँले बताउनुभयो ।

आज अस्तिराति र हिजोको जस्तो लगातार ठूलो पानी पर्ने सम्भावना भने नरहेको उहाँको भनाइ छ । तर, बाढी पहिरोको जोखिम भने कायमै छ ।

हिजो र अस्तिको पानीले गलेका जमिनमा पहिरोको जोखिम रहेको र नदी तथा खेलामा पनि जलसतह बढेकाले मध्यम वर्षा हुँदा पनि बाढी आउन सक्ने हुँदा सचेत रहन मौसमविद्को आग्रह छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।