पोर्चुगलको पासपोर्टले कति देशमा सहजै घुमफिर गर्ने पाईन्छ ?

एजेन्सी । पोर्चुगलको राहदानीले विश्वका १ सय ८७ देशमा सहजै घुमफिर गर्न पाइने भएको छ ।शक्तिशाली पासपोर्टको सूचीमा पाँचौ स्थानमा रहेका पोर्चुगलसहित बेल्जियम, चेक रिपब्लिक, माल्टा, न्युजिल्यान्ड, नर्वे र स्विट्जरल्याण्ड छन् । यी देशका नागरिक बिना भिसा १ सय ८७ वटा देश घुमफिर गर्न सक्छन् ।

नेपालको राहदानीले ३८ वटा देशमा बिना भिसा तथा सजिलै भिसा पाएर यात्रा गर्न सकिन्छ ।

यो वर्ष (सन् २०२३) मा सिंगापुरको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली बनेको छ । लगातार ५ वर्ष शीर्ष स्थानमा रहेको जापानलाई पछि पार्दै यस वर्ष सिंगापुरको पासपोर्ट शीर्ष स्थान उक्लिएको हो ।हेनले सार्वजनिक गरेको पासपोर्ट इन्डेक्सले यस्तो देखाएको हो । हेनलेले कुनै पनि देशका नागरिकले भिसा बिना र आवश्यकताका आधारमा सजिलै भिसा प्राप्त सक्ने क्षमताका आधारमा विश्वमा यात्रा गर्न पाउने स्वतन्त्रताको सूची तयार पार्छ ।

हेनलेका अनुसार सिंगापुरका नागरिकले विश्वका २ सय २७ स्थानमध्ये १ सय ९२ गन्तव्यमा बिना भिसा यात्रा गर्न पाउँछन् । शक्तिशाली पासपोर्टको सूचीको दोस्रो स्थानमा जर्मनी, इटाली र स्पेन छन् । १ सय ९० गन्तव्यमा बिना भिसा यात्रा गर्न सकिन्छ ।तेस्रो स्थानमा अस्ट्रिया, फिनल्यान्ड, फ्रान्स, जापान, लक्जम्बर्ग, दक्षिण कोरिया र स्विडेन रहेका छन् ।

चौथो स्थानमा डेनमार्क, आयरल्यान्ड, नेदरल्यान्ड् र बेलायत छन् । यी देशका नागरिक बिना भिसा १ सय ८८ वटा देशको यात्रा गर्न सक्छन् ।यो सूचीमा अमेरिका आठौँ स्थानमा छ । अमेरिकी नागरिक बिना भिसा १ सय ८४ देशमा जान सक्छन् । चिनियाँ नागरिकले ८० वटा देशमा घुमफिर गर्न सक्छन् । चीन यो सूचीको ६३ औँ स्थानमा छ ।दक्षिण एसियाली देशको सूचीमा माल्दिभ्स ५७ औँ, भारत ८० औँ स्थानमा, भुटान ८४ औँ स्थानमा रहेका छन् । नेपाल ९८, बंगलादेश ९६ र श्रीलंका ९५औँ औं स्थानमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।