खाँदबारी जेलको सीसीटीभी फुटेजमा कैदीलाई प्रहरीले कुटेको दृष्य, असईसहित १० जना नियन्त्रणमा

विराटनगर । संखुवासभा जेलमा मृत्यु भएका कैदीबन्दीलाई प्रहरीले निर्घात कुटपिट गरेको खुलेको छ ।

घटनाको प्रारम्भिक अनुसन्धानबाट मृत्यु हुनुअघि कैदीलाई प्रहरीले निर्घात कुटपिट गरेको प्रदेश प्रहरी कार्यालय स्रोतले जनाएको छ । जिल्ला कारागारमा रहेको सीसी टीभी फुटेजमा प्रहरीले कैदीलाई कुटपिट गरेको देखिएको हो ।

प्रहरी स्रोतका अनुसार कारागारभित्रै कैदीमाथि लाठ्ठी र मुक्काले बारम्बार हानेको सीसी क्यामेरा फुटेजमा देखिएको छ । प्रहरीले कुटपिटको घटनामा सम्लग्न रहेको आरोपमा १० जना प्रहरीलाई नियन्त्रणमा लिएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले कारागारको सुरक्षामा खटिएका १० जना प्रहरीलाई नियन्त्रणमा लिएको नेपाल प्रेसलाई बताए । उनका अनुसार कारागारको सुरक्षार्थ खटिएका प्रहरीले नै कैदी कुटेका थिए ।

प्रहरीले निरन्तर दिएको यातना र गरेको कुटपिटका कारण कैदीको मृत्यु भएको भन्दै छानबिन गरेर घटनाका दोषीउपर कडा कारबाही गर्न चौतर्फी दबाब परेपछि सीसीटीभी फुटेज मगाएर अनुसन्धान भएको थियो ।

कारागारको सुरक्षार्थ खटिएका असई लक्ष्मी चौधरी, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार अमृतबहादुर कार्की, जवानहरू सनोज सोडमी, मुकेश विक, पवनकुमार महतो, नुसन राई, मनिष राई, दमनसिंह राई र सुमन गुरुङलाई नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कारागारको शौचालयको झ्यालका रड काटेर भाग्न खोजेको भन्दै कैदीहरू संखुवासभाको मादी नगरपालिका-५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामीलाई बुधबार बिहानको राति १ बजेतिर प्रहरीले नियन्त्रणमा लिएको थियो ।

कारागार प्रशासनको जिम्मा लगाएर पुनः कारागारभित्र हालिएपछि कैदीबन्दीबीच झडप एवं कुटपिट हुँदा तोलाङ्गी र बलामीको मृत्यु भएको दाबी संखुवासभा प्रहरीको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।