नेपालकै होची महिला मालतीलाई नागरिकता

सुन्दरहरैँचा, २६ साउन (रासस) : मोरङ सुन्दरहरैँचा नगरपालिका–४ स्थित नेपालकै होची महिलाको रूपमा चिनिनुभएकी मालती ऋषिदेवले जिल्ला प्रशासन कार्यालयबाट जन्मसिद्धको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाउनुभएको छ ।

मालती एक समयमा नेपालकै होची महिलाको रूपमा चर्चामा हुनुहुन्थ्यो । उहाँको उचाइ जम्मा ३२ इन्च र तौल १४ केजी मात्र छ । विसं २०५६ भदौ १८ गते जन्मिनुभएकी मालतीले २५ वर्षको उमेरमा नागरिकता पाएपछि निकै हर्षित देखिनुभएको वडाध्यक्ष कैलाश बस्नेतले जानकारी दिनुभयो ।

नगरपालिकाले मासिक रु चार हजार भत्ता दिँदै आएको र उहाँकोे आर्थिक अवस्था पनि नाजुक रहेको छ। मालतीको परिवारलाई दिगो रोजगारी दिन सक्ने हो भने घर चलाउन सहज हुने वडासचिव अनिल पोख्रेलले उल्लेख गर्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।