पसलेले बेइज्जत गरेपछि पसलको सबै सामान किनेर भुइँभरी छरिदिए

दार्चुला । चाउचाउ बेच्ने एकजना पसलले एक व्यक्तिलाई तिमीले यो किन्न सक्दैनौ भने । यो सुनेर ती व्यक्तिले अपमानित महसुस गरे । बदला लिन उनले सबै चाउचाउ किनेर भुइँमा फ्याँकिदिए ।

यो घटनाको भिडियो सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भइरहेको छ । ती व्यक्तिले पसलेलाई ८५० युआन दिएर सबै चाउचाउका प्याकेट किनेर खेर फाले । कुरा चीनको शानडोङ प्रान्तको हो ।

उक्त भिडियो स्थानीय सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । घटना २४ जुलाइका दिन राति बजारमा भएको थियो ।

साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार ती व्यक्तिले पसलेलाई एक कचौरा चाउचाउको मूल्य १४ युआन धेरै भएको बताउनुभयो। उनले बारम्बार त्यसमा मिसाइएका सामग्रीको बारेमा सोधिरहे। त्यसमा एउटा अण्डा र दुई वटा भेज लिभ्स मात्रै रहेको पसलेले बताउनुभयो ।

त्यसपछि त्यो मानिसले पसलेलाई भने, ‘त्यसोभए १४ युआनमा कुन हिसाबले बेचिँदैछ ? यो धेरै महँगो छैन ?’ पसले केही बोलेनन् । त्यसपछि व्यक्तिले भने, ‘तपाइँ के गर्दै हुनुहुन्छ?’ पसलेको छोराले भने, ‘किन्न नसके यहाँबाट जाऊ।’

त्यसपछि ती व्यक्तिले प्रत्येक प्याकेटको मूल्य सोधे र सबै किन्ने बताउनुभयो। उनले ८५० युआन दिए र सबै प्याकेट किने । त्यसपछि उनले ती प्याकेटहरू भुइँमा राखे र खुट्टाले कुल्ची दिए। त्यसपछि उनले केही रकम क्षतिपूर्ति पनि दिए ।

यसपछि पसलेको छोराले माफी मागे तर व्यक्तिले भने कि ‘जे मेरो हो के म त्यसलाई बिगार्न पनि सक्दिन ?’ सामाजिक सञ्जालमा यो विषयलाई लिएर बहस भएको छ ।एजेन्सी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।