महानगरले मध्यरातमा हटायो पृथ्वीचोकबाट पृथ्वीनारायण शाहको प्रतिमा

पोखरा । पोखरा महानगरपालिकाले पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको प्रतिमा हटाएको छ । महानगरले गएराति पृथ्वी चोकबाट शाहको प्रतिमा हटाएको हो ।

शुक्रवार बसेको सर्वपक्षीय बैठकको निर्णयअनुसार शाहको प्रतिमा हटाएको महानगरपालिकाले जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रातको समयमा शाहको प्रतिमा हटाएकोमा विरोध जनाएको छ । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले मध्यरातमा महानगरले शाहको प्रतिमा हटाउनु दुखद र निन्दनीय भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘मध्यरातमा त्यो पनि महानगर प्रमुखको निर्देशनमा बडामहाराजाधिराज पृथ्वीनारायण शाहको प्रतिमा हटाउनु दुखद् र निन्दनीय छ ।’

अध्यक्ष लिङदेनले पृथ्वी चोकबाट हटाइएको प्रतिमा तत्काल पुनः स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । ‘जसको नेतृत्वमा हामीले नेपाली नाम र पहिचान प्राप्त गर्‍यौं । तिनै राजाको प्रतिमा हटाउनु, तोडफोड गर्नु संसारका अघि लाजमर्दो कुरा हो । पोखराको पृथ्वी चोकबाट हटाइएको प्रतिमा तत्काल पुनः स्थापना गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

राप्रपा गण्डकी प्रदेश अध्यक्ष तथा प्रदेश सभा सदस्य पन्चराम गुरुङसहितका नेता तथा कार्यकर्ता पृथ्वीचोकबाट पृथ्वीनारायणको प्रतिमा हटाउन रोक्ने भन्दै रातको समयमा सडक बसेका थिए । तर, उनीहरू फर्किएपछि महानगरपालिकाले पृथ्वीनारायण शाहको प्रतिमा हटाएको थियो ।

पृथ्वीचोकमा पोहोर साल राखिएको पृथ्वीनारायण शाहको तस्बिरसहितको स्ट्यान्ड बुधवार हटाइएको थियो । तर, पुनः राप्रपाले पृथ्वीको प्रतिमा पुनः स्थापना गरेको थियो । त्यससँगै विवाद सिर्जना भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।