पश्चिमी क्षेत्रमा आरीघोप्टे वर्षाको सम्भावना : बाढी, पहिरोसँगै डुबानको जोखिम, सावधानी अपनाउन आग्रह

काठमाण्डाै – आज पश्चिमी क्षेत्रमा आरीघोप्टे वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा आरीघोप्टे पानी पर्ने अनुमान रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

आरीले पानी खन्याएझैँ गरी हुने वर्षालाई आरीघोप्टे वर्षा भन्ने गरिएको छ ।

यस्तै, देशका पूर्वी क्षेत्रमा पनि ठूलो वर्षाको सम्भावना छ । आज र भोलि देशका धेरैजसो ठाउँमा लगातारजसो पानी पर्ने मौसमविद् पौडेलले जानकारी दिनुभयो ।

काठमाण्डौ उपत्यकासहित केही ठाउँमा आज दिउँसो दुई/तीन घण्टा लगातार झरी पर्ने सम्भावना रहेको पाैडेलले जानकारी दिनुभयाे । आज राति कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद्का अनुसार अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपाल नजिकै रहेकाले मनसुन सक्रिय हुँदा हिजोदेखि देशभर पानी परिरहेको छ । देशभर नै पानी परिरहेकाले बाढी पहिरोसँगै डुबानको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।