पत्रकार उपचार कोषमा चम्लागाईद्वारा रु दुई लाख सहयोग

झापा, २८ साउन : नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा कतारमा रहनुभएका महेन्द्रप्रसाद चम्लागाईले रु दुई लाख सहयोग गर्नुभएको छ । कतारमा स्थापित नेपाली व्यवसायी चम्लागाईले आज महासङ्घको बैंक खातामा कतारबाटै सहयोगस्वरुप उक्त रकम जम्मा गर्नुभएको महासङ्घका झापाका अध्यक्ष एकराज गिरीले बताउनुभयो ।

गिरीका अनुसार नेपाली व्यवसायी सङ्घ कतारका अध्यक्ष चौम्लागाईले पत्रकारको सामाजिक सुरक्षा र दिगो हित गर्ने उद्देश्यले स्थापित पत्रकार उपचार कोषमा सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्नुभएको छ । बाह्रदशी गाउँपालिका–७ का स्थायी बासिन्दा चौम्लागाई अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष हुनुुहुन्छ । उहाँ २७ वर्षदेखि सपरिवार कतारमै बस्दै आउनुभएको छ ।

महासङ्घ झापा शाखाले स्थापना गरेको उपचार कोष रु एक करोड पु¥याउने लक्ष्य राखिएको छ । कोषको ब्याजबाट पत्रकारहरु बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हाल करिब रु ७५ लाख जम्मा भइसकेको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।