खोलाले बेपत्ता बनाएका वृद्धको शव भेटियो
दाङ। दाङमा खोलाले बगाउँदा बेपत्ता भएका वृद्धको शव फेला परेको छ ।
पत्रे खोलाले बगाउँदा बेपत्ता भएका घोराही ११ का ६४ वर्षीय तिलकराम विकको शव घोराही ९, तेघराको बगरमा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए ।
बिहान सबेरै शौचका लागि खोला किनारामा गएका विक खोलामा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।


