नक्कली भुटानी शरणार्थी प्रकरणमा थप १८ जना पीडितको उजुरी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने कार्यमा ठगी गरेको भन्दै थप १८ जना पीडितले प्रहरीमा उजुरी दिएका छन् ।

काठमाडौँमा सानु भण्डारी, केशव दुलाल समेतको संयुक्त मिलेमतोमा अमेरिका लैजाने बहानामा ठगी गरेको भन्दै लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन, काठमाडौँ लगायतका जिल्लाहरुका १८ जना पीडितहरुले उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका हुन् ।

उजुरीमा करिव १ करोड ८५ लाख ९२ हजार भन्दा बढी ठगी गरेको दाबी गरिएको छ भने ३ वटा छुट्टाछुट्टै किटानी जाहेरी परेको छ ।

उक्त सक्कल जाहेरी दरखास्त लगायतका कागजातहरु आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको कार्यालयले जनाएको छ ।
यो प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी, बालकृष्ण खाँणलगायत अहिले पुर्पक्षमा रहेका छन् । उनीहरुले यसअघि नै दजैनौँ पीडितको उजुरीको आधारमा पक्राउ परेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।