बलात्कार प्रयास आरोपमा हिमालयन एयरलाइन्सका सहइन्जिनियर रन्जित जैसवाल पक्राउ

काठमाडौं । प्रहरीले हिमालयन एयरलाइन्सका सहइन्जिनियर रन्जित जैसवाललाई पक्राउ गरेको छ । बलात्कार प्रयास आरोपमा पक्राउ परेकामध्ये पहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेललाई बचाउन पीडित महिलालाई दबाब दिएको आरोपमा जैसवाल पक्राउ परेका हुन् ।

आफ्नै घरमा काम गर्ने एक युवतीमाथि बलात्कार प्रयास गरेको आरोपमा पोखरेल १२ साउनमा पक्राउ परेका थिए ।

जैसवालसँगै चेतन नेउपाने पनि पक्राउ परेका छन् । उनीहरूलाई काठमाडौं प्रहरीको विशेष टोलीले सोमबार साँझ पक्राउ गरेको हो । पक्राउ परेकालाई प्रहरीले सार्वजनिक गरेको छैन ।

बलात्कार मुद्दामा मिलापत्र गराउन खोज्ने एक अधिवक्तामाथि समेत प्रहरीले पक्राउ पुर्जी लिएको छ । उनी हाल फरार रहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।