दुई अर्बमा बिक्री भयो टाइगर प्यालेस

काठमाडौ । रुपन्देहीमा रहेको टाइगर प्यालेस रिसोर्ट केही दिन अघि १५ मिलियन अमेरिकी डलर (एक अर्ब ९८ करोड रुपैयाँ)मा बिक्री भएको छ।

अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुप लिमिटेडले सेयर लगानी गरी सञ्चालन गर्दै आएको यो होटल गैर आवासीय नेपालीहरूले खरिद गरेका हुन्।

सिल्भर हेरिटेज ग्रुपले आफ्नो सहायक कम्पनी सिल्भर हेरिटेज लिमिटेडमार्फत् नेपालमा लगानी गरेको थियो। गैरआवासीय नेपालीहरूले संयुक्त राज्य अमेरिकामा स्थापना गरेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इक मार्फत होटल खरिद गरेका हुन्। बुधबार पत्रकार सम्मेलन राखेर यो खरिदबिक्रीको जानकारी दिइएको थियो।

तर, केही समयअघि विदेशमै यस होटलको स्वामित्व हस्तान्तरण भएपछि कर नतिर्ने उद्देश्य राखिएको भन्दै यसमा विवाद आएको थियो।
होटलका अध्यक्ष बुद्धि सागर सुवेदीले भने, ‘हामीले आगामी तीन महिना भित्रमा सरकारलाई तिर्नुपर्ने सबै कर तिर्नेछौं।’

रिसोर्टमा भएको बैंक ऋणको दायित्व लगायतका अन्य व्यवसायिक दायित्वहरू र हालसम्म भएको नोक्सानीको आधारमा करिब ४ अब नेपाली रुपैयाँ खर्च हुने सुवेदीले बताएका छन्।

यो रकम सेयर खरिदको लागि भएको खर्च समेतको आधारमा हो। होटलको सबै प्रकारको ऋण साँवा गरेर २ अर्ब भुक्तानी गर्न बाँकी रहेको समेत जानकारी दिइएको छ।

सिल्भर हेरिटेजले यो रिसोर्ट सञ्चालन गर्न तथा क्यासिनो व्यवसाय गर्ने सिलसिलामा नेपालमा करिब ५ अर्ब रुपैयाँ लगानी गरेको थियो।
रिसोर्ट र यसमा सञ्चालित क्यासिनोमा करिब एक हजार जना नेपालीले प्रत्यक्ष रोजगारी पाएका थिए र यसले नेपाल सरकारलाई करोडौ रुपैयाँ राजस्व समेत तिर्दै आएको थियो।

कोभिड महामारी र रिसोर्ट सञ्चालनको क्रममा देखिएको आन्तरिक विवादको कारण केही वर्षदेखि रिसोर्ट पूर्ण रूपमा सञ्चालन हुन सकेको थिएन। रिसोर्टले करोडौ रुपैयाँ घाटा व्यहोर्दै आएको थियो।

रिसोर्ट पूर्ण रुपमा सञ्चालन हुन नसक्दा नेपालीले रोजगारी गुमाउनुका साथै सरकारको करोडौ राजस्व पनि गुम्दै गएको थियो। रिसोर्टले नेपालका बैंकलाई तिर्नु पर्ने साँवा, ब्याजको दायित्व पनि तिर्न सकिरहेको थिएन।
प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालन भएको यो रिसोर्ट परियोजना बन्द हुने अवस्थामा पुगेको र विदेशमा समेत नेपालमा वैदेशिक लगानीको वातावरण नभएको गलत सन्देश जाने भन्दै आफूहरूले सेयर खरिद गरेको सुवेदीले जानकारी दिए।

टाइगर प्यालेस रिसोर्ट अब नयाँ व्यवस्थापन सहित सञ्चालन हुनेछ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।