दुनाटपरीबाट मनग्य आम्दानी

मध्यविन्दु (नवलपरासी), ३२ साउन ः नवलपरासी ९बर्दघाट सुस्तापूर्व० को मध्यविन्दु नगरपालिका– ९ वसन्तपुरका स्थानीयवासीले वनमा खेर जाने सालको पातबाट राम्रो आम्दानी गर्दै आएका छन् । नजिकैको वनबाट सालको पात टिपेर फुसर्दका समयमा घरमा नै बसेर दुनाटपरीका लागि पात तयार गर्ने गरेका छन् ।

मध्यविन्दु –९ का बृद्ध गोरे कुमालले दुनाटपरी लगाएर जीविकोपार्जन गर्दै आउनुभएको छ । उमेरले ७० काटिसक्नु भएका उहाँले भन्नुभयो “वनमा आफू जान सक्दिन, बुहारीहरुले ल्याएका पातबाट दुनाटपरी लगाएर यो उमेरमा आफूले सक्ने काम गर्दै आएको छु ।”

दुनाटपरीको आम्दानीबाट घरखर्च चलाउन सहज भएको उहाँले बताउनुभयो । “आफूले जानेको सीपलाई घरमा नै बसेर पनि सदुपयोग गर्न सकिँदो रहेछ ,जाँगर र मन हुन पर¥यो”उहाँले भन्नुभयो “वृद्ध उमेर भए पनि घरखर्च चलाउन छोरा बुहारीलाई गुहार्न परेन झन उनिहरुले कमाएको बचत हुन्छ, आफ्नो औषधिमुलो गर्न खर्च पुगेको छ ।”

यसरी तयार पारेको सामग्रीलाई व्यापारीले घरघरै लिन आउने हुँदा यहाँका स्थानीय यस कामलाई नै आम्दानीको स्रोत बनाएका छन् । यसबाट उनीहरुले आफ्नो घरका लागि आवश्यक सामानका खर्चसमेत टरेको स्थानीयवासी महिला अमृता मानन्धरले बताउनुभयो । “घर नजिकै वन रहेकाले टाढा जानु पनि नपर्ने र घरको काम सकेर पनि यो काम गर्न सकिने भएकाले महिलालाई सहज भएको छ”उहाँले भन्नुभयो ।

यस टोलका महिला वन खुलेको समयमा जाने र पात टिप्ने गर्छन् । एक सय टपरीको एक मुठा हुन्छ । एक मुठाको रु एक सय ५० प्राप्त हुने स्थानीयवासीको भनाइ छ ।
सामुदायिक वनबाट पात टिपेरनै स्थानीयवासीलाई जीविकोपार्जन गर्न सहज भएपछि वनमा पात टिप्नका लागि छुट्टै समय छुट्याएको जनप्रतिभा सामुदायिक वनका अध्यक्ष लोकबहादुर कुमालले बताउनुभयो । “वनको संरक्षणलाई पनि ध्यानमा राखेर सालको पात टिप्नका लागि दैनिक समय निर्धाराण गरेका छौँ” उहाँले भनुभयो ।

विभिन्न पूजा, विवाह, वर्तबन्धलगायतका शुभ कार्यमा शुद्ध मानिने भएकाले पनि सालको पातबाट बनेका टपरी, दुनाको माग बढ्दो छ । पातबाट निर्माण गरिएको दुनाटपरी स्थानीय बजारसँगै नारायणगढ, पोखरा, काठमाडाँै, वुटबललगायतका सहरमा निर्यात हुने गरेका स्थानीयवासी उहाँले बताउनुभयो ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।