फेसबुकमा च्याट गर्ने किशोरीले बोलाएर रिसोर्टमा जाँदा ४० लाख स्वाहा

काठमाडौँ । सामाजिक सञ्जाल ‘फेसबुक’मा करिब ३ महिना च्याटमा कुरा गरेपछि एक जना पुरुषलाई आयुष्माले भेट्न बोलाइन् । काठमाडौँ बस्दै आएका ती पुरुषलाई सिन्धुली घर भएकी आयुष्मा भन्ने आसिका रजाली मगरले साँगास्थित रिसोर्टमा भेट्न प्रस्ताव गरिन् । पुरुष साँगामा गए । रिसोर्टमा पुगेर केही मिनेट कुरा गरेपछि आयुष्माले ‘टाउको दुख्यो’ भनिन् । बाहिर निस्किइन् ।

अनि, एक जना महिला र पुरुष रिसोर्टको कोठामा गएर ती पुरुषलाई हप्काउन सुरु गरे । आफ्नो नाता पर्ने किशोरीलाई ‘बलात्कार प्रयास’ गरेको आरोप लगाएर पैसा नदिए ‘झुटो मुद्दा’मा फसाउने धम्की दिए । धम्क्याएर ४० लाख बराबरको ८ थान चेक लिएर उनीहरू त्यहाँबाट फरार भए ।

पुरुषलाई योजनाबद्ध हनिट्रयापमा पारेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले सिन्धुलीको कमलामाई नगरपालिका–१३ घर भएकी आयुष्मासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आरोपीतहरुलाई साउन ३० मा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा आयुष्मा र दोलखाको भीमेश्वर नगरपालिका–५ घर भएका राजु खत्री छन् ।

अनुसन्धानबाट आयुष्माको नाममा फेसबुकमा कुरा गर्ने व्यक्ति थिए –‘डिके शर्मा ।’ खोटाङ घर भएका शर्माले योजनाबद्ध ती पुरुषलाई हनिट्रयापमा पारेको अनुसन्धानबाट थाहा भएको छ । २५ वर्षीय शर्मा २०७९ असारमा पनि हनिट्रयाप मुद्दामा पक्राउ परेर छुटेका हुन् । पुरानो मुद्दामा छुट्नासाथ शर्माले फेरि हनिट्रयाप धन्दा सुरु गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

डिकेले आयुष्मालाई ‘जागिरको लोभ’ देखाएर ती पुरुषसँग साँगामा पठाएको अनुसन्धानबाट थाहा भएको छ । डिकेसँगै साँगामा ती पुरुषसँग ब्ल्याकमेल गर्नेमा निकिता केसी पनि थिइन् । सुर्यबिनायक नगरपालिका–९ घर भएकी निकिता फरक मुद्दामा केन्द्रीय कारागारमा छिन् । योजनाकार डिके फरार छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।