रामपल्टनले प्रदीप गिरीको अस्तु चोरेको भारतीको आरोप

काठमाडौं । कांग्रेसका दिवंगत नेता प्रदीप गिरीकी पत्नी भारती सिलवालले तामझामसहित श्रीमान्‌को अस्तु विसर्जन लागिएकोमा रोष प्रकट गरेकी छन् । ‘प्रदीप गिरी पावन स्मृति आयोजक समिति’ ले काठमाडौंदेखि काशीसम्मको यात्रा गरी अस्तु विसर्जन गर्ने कार्यक्रम राखेकोमा उनी असन्तुष्ट बनेकी हुन् ।

आफूलाई पूर्वजानकारी नदिइकन यो कार्यक्रम तय गरिएको दाबी सिलवालको छ । समितिका संयोजक रामपल्टन साहले २० दिनअघि सिलवाललाई भेटेर स्वीकृति लिएको नेपाल प्रेससित बताएका थिए । तर, सिलवालले यसको खण्डन गरिन् ।

‘हामीलाई तीन दिनअघि मात्रै थाहा भएको हो,’ उनले भनिन्, ‘हामीसँग एक वचन नसोधिकन सबै कार्यक्रम फिक्स्ड गरियो । म किन झूटो बोल्नु ?’

रामपल्टनले यसै साता मात्र आफूलाई भेटेको सिलवालले बताइन् ।

‘भेट्दा पनि उनले खुलस्त कुरा गरेन । यहाँबाट जल लगेर काशीमा चढाउने हो भन्छ, अस्तुको कुरै गर्दैन । तर, मलाई कार्यक्रमको तालिका आइसकेको थियो । अस्तु कहाँबाट आयो ? भन्दा कञ्चन झाले खोइ कहाँबाट पायो भन्छ । हामीलाई बहुला बनाउन खोजिएको हो ?’ सिलवालले आक्रोशित हुँदै भनिन् ।

प्रदीप गिरी सार्वजनिक व्यक्ति भएकाले उनको विषयमा कसैले लेख्दा, बोल्दा, प्रार्थना गर्दा, श्रद्धाञ्जली सभा गर्दा आफूहरु खुशी हुने भारतीको भनाइ छ । तर, अस्तु विसर्जन पारिवारिक विषय भएको उनले बताइन् ।

‘यो नितान्त पारिवारिक विषय हो, परिवारका सदस्यबाहेक जोकोहीले अस्तु विसर्जन गर्न सक्दैन । यहाँ त अस्तुमाथि पनि राजनीतिकरण गर्न खोजियो,’ सिलवालले भनिन् ।

यद्यपि, यसअघि गिरीको निधन भएको आठौं दिनमा रामपल्टनले नै पटनाको सिमरिया घाटमा लगेर एउटा अस्तु सेलाएका थिए । त्यसबेला भने आफूले स्वीकृति दिएको सिलवालले बताइन् ।
‘उहाँले आफ्नो खर्चमा गरेको भन्नुभएको छ, तर मैले नै तीन हजार रुपैयाँ दिएर पठाएको हुँ,’ उनले भनिन् ।

रामपल्टनले अस्तु चोरी गरेको आरोप भारतीको आशंका छ ।

‘मैले रामपल्टनलाई पाँचवटा अस्तु पाँचवटा कलशमा राख्न लगाएको थिएँ । उसले मलाई पाँचैवटा कलश हस्तान्तरण गरेको हो । त्यसमध्ये एउटा सिमरियामा विसर्जन भयो । दुईवटा बन्दीपुरमा स्थापना गरिएको छ । अब हामीसँग दुईवटा छ । उसँग अर्को अस्तु कसरी आयो ? या त उसँग भएको अस्तु प्रदीपजीको होइन, या उसले अस्तु चोरी गरेको हो । मलाई दिएको अस्तु प्रदीप जीको हो कि होइन भनेर भाँडो भित्र को हेर्न जान्छ ? डीएनए टेस्ट गर्ने कुरा पनि भएन ।’

बाँकी रहेको दुईवटा अस्तु छोरा सन्तोषले गयामा लगेर आफैं विसर्जन गर्ने भारतीले बताइन् ।

‘अस्तु विसर्जन त मृतकको चिरशान्तिको कामना गर्दै एकदमै शान्तरुपमा गर्ने कुरा हो । ढोल पिटेर, जात्रा र उत्सव मनाउने कुरा होइन । यदि पहिल्यै सल्लाह गरेको भए छोरा नै उनीहरुसँग हाँसिखुशी जाने थियो नि । तर, यिनीहरू कोही पनि होइनन्, हामी नै सर्वेसर्वा हौं भनेजसरी आफूखुशी गरे,’ उनले भनिन् ।

‘उनीहरूले यात्रा गरुन् न, हाम्रो त्यसमा आपत्ति होइन । कार्यक्रम गरेकोमा खुशी नै छौं । खाली अस्तु विसर्जनमा अब्जेक्सन छ । अरु जे गर्छन् गरुन् । गर्नु पनि पर्छ । उनीहरुले नगरे कसले गर्छ ?’ भारतीले थपिन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।