रेसिका श्रेष्ठको ज्यान उनकै श्रीमानले लिएका थिए !

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–१ सक्रान्तीबजार डाडागाँउकी २४ वर्षीया रेसिका श्रेष्ठ (दमन्ता)को ज्यान उनकै श्रीमानले लिएको अनुसन्धानबाट खुलेको छ ।

रेसिकाको शव सुँगुरका खोरमा पुरिएको अवस्थामा भेटिएपछि उनको श्रीमानलाई गत शनिबार झापाको एक होटलमा बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि उनलाई प्रहरीले सोधपुछ गर्दा आफूले नै श्रीमतिको ज्यान लिएको स्वीकार गरेपछि उनलाई सार्वजनिकसमेत गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

प्रहरीका अनुसार रेसिको श्रीमान राजकुमारले गत साउन १४ गते श्रीमती रेसिकाको ज्यान लिएका थिए । त्यसपछि उनी आँफैले शव सुँगुरको खोरमा पुरेर इलाका प्रहरी कार्यालय सक्रान्तिबजारमा आफ्नी श्रीमति हराएको भनि सूचना दिएर आफू फरार भएका थिए ।

त्यसपछि उनी एक बाइक प्रयोग गरि झापातर्फ लागेको प्रहरी अनुसन्धानमा खुलेको छ । प्रहरीले उनलाई काकडभित्ताको एक होटलबाट पक्राउ गरेको थियो ।

घरायसी विवादमा श्रीमान–श्रीमती बीच झगडा भएपछि रिसको आवेगमा छातीमा मुक्का प्रहार गर्दा रेसिकाको मृत्यू भएको प्रहरी समक्ष राजकुमारले वयान दिएको बताइएको छ ।

उनले श्रीमतीको मृत्यु भएपछि घर नजिकैको सुँगुरको खोरमा गाडिदिएको समेत राजकुमारले स्विकारेको प्रहरीको भनाइ छ ।

रेसिकाको ज्यान लिएको १३ दिनपछि मात्र प्रहरीले शव फेला पारेको थियो मृतकको साउन २८ गते अन्तिम दाहसंस्कार समेत गरिएको थियो ।

राजकुमारलाई जिल्लामा अदालतमा म्याद थप गरि प्रहरीले अझै अनुसन्धान गर्ने तयारी गरिरहेको छ ।-साझाचासो

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।