सात नवजात शिशुको हत्या गरेको अभियोगमा नर्स दोषी ठहर

एजेन्सी । बेलायतमा सात जना नवजात शिशुको हत्या र अरु ६ जनाको हत्या प्रयास गरेको अभियोगमा एक नर्स दोषी ठहरिएकी छन् । गएको अक्टोबरदेखि मुद्दा लडिरहेकी ३३ वर्षीया लुसी लेट्बीमाथि बिरामी वा समय नपुगी जन्मिएका शिशुलाई अनावश्यक ग्यास र इन्सुलिन दिएको आरोप लगाइएको थियो ।

म्यानचेस्टर क्राउन कोर्टको जुरीले २२ दिनसम्म चलेको सुनुवाइ र छलफलपछि आरोपलाई पुष्टिसहित फैसला सुनाएको समाचार संस्था एएफपीले जनाएको छ । सन् २०१५ को जुनदेखि सन् २०१६ को जुनसम्म काउन्टेस अफ चेस्टर अस्पतालमा नवजात शिशुको ज्यान गएपछि लेट्बीलाई पक्राउ गरिएको थियो ।

अदालतको सुनुवाइका क्रममा उनका सहकर्मीले हरेक बच्चाहरू बिरामी परेको वा उनीहरूको ज्यान गएको समयमा लेट्बी सिफ्टमा रहेको देखेपछि चिन्ता व्यक्त गरेको बताएका थिए । नर्स लेट्बीलाई पक्राउ गरी दुई पटक रिहा गरिएको थियो । सन् २०२० मा उनी तेस्रो पटक पक्राउ परेकी थिइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।