बच्चा चोरी बोरामा हालेर भारत लैजान लागेका भारतीय नागरिक पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले नेपालबाट बच्चा चोरेर भारतर्तफ लैजान लागेका एकजनालाई नियन्त्रणमा लिएको छ ।

बाराको देवताल गाउँपालिका–३ अमुवाबाट दुईजना बच्चालाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा भारतको पूर्वीचम्पारण मुर्तिया ग्रामपन्चायत–४ आधारपुर घर भएका २२ वर्षीय ताबरेज आलमलाई नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरीका अनुसार देवतालस्थित नन्की अमुवा बस्ने शिवपुजन महतोकी ९ महिनाकी छोरी लक्ष्मी महतो र प्रेमचन्द महतोका २ वर्षीय छोरा सत्यमकुमार महतोलाई आलमले चोरी गरी बोरामा हालेर भारततर्फ लैजाँदै थिए ।

सीमावर्ती इलाकामा गस्तीमा खटिएको सशस्त्र प्रहरीले शंका लागि आलमले बोकेको बोरा जाँच गर्दा दुईवटा बच्चा फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

उद्धार गरिएका बच्चाहरूलाई अभिभावकको जिम्मा लगाइएको छ । नियन्त्रणमा लिइएका आलमलाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।