भोजपुर जिल्लाकै दुर्गम साल्पासिलिछोका ३८ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा

भोजपुर, ४ भदौ ः भोजपुर जिल्लाकै दुर्गम मानिने साल्पासिलिछो गाउँपालिकाका ३८ सामुदायिक विद्यालयमा ‘ब्रोडब्याण्ड इन्टरनेट’ सामग्री वितरण थालिएको छ । सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिन इन्टरनेट सेवा विस्तार सुरुआत गरिएको हो ।

यहाँका ४४ विद्यालयमध्ये पहिलो चरणमा ३८ विद्यालयमा इन्टरनेट विस्तारको काम थालिएकोे गाउँपालिका शिक्षा शाखा प्रमुख थानेश्वर गुरागाईंले जानकारी दिनुभयो । यहाँका छ माध्यमिक विद्यालयमा भने यसअघि नै इन्टरनेट सेवा विस्तार गरेर सञ्चालनमा रहेको उहाँको भनाइ छ । दोस्रो चरणमा यी विद्यालयको पनि इन्टरनेटको थप क्षमता विस्तारलगायतको काम गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।

नेपाल दूरसञ्चार प्राधिकरण र साल्पासिलिछो गाउँपालिका बीच भएको सम्झौताअनुसार यहाँका विद्यालयमा इन्टरनेट सेवा विस्तार थालिएको हो । प्राधिकरणले प्रत्येक विद्यालयमा २० एमविपिएस नन डेडीकेडेट सेवा विस्तार गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्रका विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिन योजनाबद्धरुपमा कामको थालनी गरिएको प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो । विद्यालयमा सूचना प्रणालीको विकास गर्नको लागि राष्ट्रिय योजना आयोगबाट आउने रु. ९७ लाख विशेष अनुदानको बजेटबाट थप काम गर्ने उहाँको भनाइ छ । “जिल्लाकै विकट मानिने हाम्रो गाउँपालिकामा प्रविधिमैत्री शिक्षाको विकासमा जोड दिएका छौँ”, प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो, “यहाँका सवै विद्यालयमा इन्टरनेट सेवा विस्तारको काम थालेका छौँ । खास गरेर हाम्रो एक मात्र लक्ष्य नै सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउनु हो ।”

सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तारले बालबालिकालाई नवीनतम र प्रविधियुक्त शिक्षा लिन सहज हुने गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताउनुभयो । प्रविधिको विस्तारले शिक्षाको गुणस्तरमा सुधार ल्याउन भूमिका खेल्ने अध्यक्ष कुलुङको भनाइ छ । “नेपाल दुरसञ्चार प्राधिकरणसँगको सहकार्यमा ३८ वटा विद्यालयमा गुणस्तरीय इन्टरनेट सेवा विस्तार थालेका छौँ”, अध्यक्ष कुलुङले भन्नुभयो, “यसले यहाँका बालबालिकालाई प्रविधियुक्त शिक्षा लिन सहजता थप्नेछ । शिक्षालाई प्रविधिमैत्रीसँगै गुणस्तरीय बनाउन गाउँपालिकाले काम गरिरहेको छ ।”

सम्झौताअनुसार प्राधिकरणले एक विद्यालयमा पहिलो वर्ष रु ७३ हजार नौ सय का दरले रु २८ लाख आठ हजार नौ सय बराबरको इन्टरनेट सेवा प्रदान गर्नेछ । त्यस्तै दोश्रो वर्षमाप्रति विद्यालय रु १८ हजार नौ सयका दरले रु सात लाख आठ हजार दुई सय बरावरको इन्टरनेट सेवा प्रदान गर्ने गाउँपालिकाको भनाइ छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।