वर्षा राउत भन्छिन्– मलाई लामो रोल होइन, पावरफूल छाप छोड्ने सिन भए पुग्छ

काठमाडौं । नायिका वर्षा राउतले अहिलेको समयमा सिनेमामा स्क्रिन टाइमले खासै अर्थ नराख्ने बताएकी छन् । स्क्रिन टाइमभन्दा पनि पावरफूल भूमिकाले विशेष महत्त्व राख्ने उनको भनाइ छ ।

“रोल कति लामोभन्दा पनि त्यो कति पावरफूल छ भन्ने कुराले अर्थ राख्छ । म रोल कति लामो छ भन्दा पनि मलाई अफर गरिएको रोल कति महत्त्वपूर्ण छ भनेर हेरिरहेको हुन्छु,” सिनेमा ऐंचो पैंचो’ निर्माण टोलीले आयोजना गरेको सञ्चारकर्मीसँगको भेटमा उनले भनिन्, “तपाईंहरूले याद गर्नुभएको छ भने देख्नुभएकै होला, मेरो क्यारेक्टरले सिंगो फिल्म चलाएको सिनेमा गरेको छैन ।”

आफूले दर्शकको दिमागमा प्रभाव पार्ने सिनेमा रोज्ने गरेको उनी बताउँछिन् । “सिन दुई मिनेटको होस् वा पाँच मिनेटको, मेरो उद्देश्य दर्शकको दिमागमा त्यसले छाप पारोस् भन्ने हुन्छ । त्यो क्यारेक्टरले दर्शकको दिमागमा छाप पार्छ भन्ने लाग्यो भने म त्यो सिनेमामा काम गर्छु,” वर्षा भन्छिन्, “यो सिनेमामा मेरो कस्तो भूमिका छ, त्यो त म भन्न चाहन्नँ, किनभने मेकरले खुलाउन चाहनुभएको छैन । राम्रो मेकर त्यो हो रे जसले आफ्नो कलाकारको रोल हलमा नआउँदासम्म लुकाउन सक्छ ।” चलचित्र ‘ऐंचो पैंचो’लाई कृषा चौलागाईंले निर्देशन गरेकी छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।