यसरी ६ बालबालिकासहित ८ जना केवल कारमा फसेपछि

काठमाडौं । पाकिस्तानमा ६ बालबालिकासहित ८ जना एउटा केबल कारमा फसेका छन् । विद्यालय हिँडेका उनीहरू चढेको केबल कारको तार अड्किएपछि उनीहरु ८ घन्टादेखि जमिनबाट २७४ मिटरमाथि रोकिएका छन् ।

बट्टग्रामको दुई पहाडलाई जोड्ने केवल कारमा उनीहरु अड्किएका हुन् । पहाडी खोँच वारपार गर्नका लागि त्यो केबल कार स्थानीयबासिन्दाले आफ्नै पहलमा बनाएका थिए, जुन सुधारिएको तुइन जस्तै छ । केवल कारमा अड्किनेमा ६ जना १० वर्षमुनिका छन् । यस्तै १ जना १६ वर्षका र अर्का एक जना २० वर्षका छन् ।

उनीहरुको उद्धारका लागि हेलिकप्टरहरू घटनास्थलमा पुगेका छन्, तर तीव्र हावाले उद्धार कार्यमा बाधा पुर्‍याएको बीबीसीले जनाएको छ ।

एक उद्धारकर्ताले हेलिकप्टरबाट झुण्डिएर उनीहरु अड्किएको ठाउँमा पुग्ने प्रयास गरिरहेको भिडियो सामाजिक सञ्जलामा आएको छ । उद्धार हेर्ने रमितेहरुको त्यो पहाडी क्षेत्रमा भीड लागेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।