कांग्रेस नेता डा. राजाराम कार्कीको निधन

काठमाण्डाै – नेपाली कांग्रेसका नेता डा. राजाराम कार्कीको निधन भएको छ ।

कांग्रेस पूर्वकेन्द्रीय सदस्य एवं बाग्मती प्रदेशका पूर्व प्रदेश सभा सदस्य कार्कीको हिजो बेलुका ६६ वर्षको उमेरमा उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो । उहाँ लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो ।

धादिङको नीलकण्ठ नगरपालिकाका कार्की नेपाली कांग्रेस धादिङका महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्वमहासचिव समेत हुनुहुन्थ्यो ।

यसैबीच पार्टी सभापति शेरबहादुर देउवाले कार्कीको निधनमा दुःख व्यक्त गरी शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

कार्कीको पार्थिव शरीरलाई आज बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।