उदयपुरका नेवार समुदाय लाखे नाच संरक्षणमा

उदयपुर, १४ भदौ ः जिल्लाको त्रियुगा नगरपालिका, कटारी, चौदण्डीगढी र बेलका नगरपालिका क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले प्रत्येक वर्ष मनाउँदै आएको लागे जात्रा आज जनै पूर्णिमादेखि मनाउन सुरु गरेका छन् ।

नेवा पुचका जिल्ला सचिव गोपाल श्रेष्ठका अनुसार यो नाच नेवार समुदाय बसोबास गर्ने सबै क्षेत्रका आआफ्ना गाउँमा साउन कृष्ण अष्टमीसम्म प्रदर्शन गरिन्छ ।

उहाँका अनुसार आज त्रियुगा नगरपालिका क्षेत्रको गाईघाट, जोगिदह, चौदण्डीगढीको बेल्टार, बेलका नगरपालिकाको रामपुर लालबजार र कटारी नगरपालिकाको कटारी बजारमा लाखे नाच प्रदर्शन गरिएको छ ।

उक्त समुदायका घरमा यसअघि मृत्यु भएका व्यक्तिको संझनामा घरबाट लाखे नाच सुरु गर्ने गरिएको नेवा पुचका अध्यक्ष हरि श्रेष्ठले बताउनुभयो ।
पहाडी क्षेत्रको खोटाङ, भोजपुर, ओखलढुङ्गा, काठमाडौँ, ललितपुर र भक्तपुरबाट बसाइँसराई गरेर कटारी, गाईघाट, चौदण्डीगढीको बेल्टार क्षेत्रमा बसोबास गर्दै आएका नेवार समुदायले यो पर्वलाई निरन्तरता दिएका हुन् ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।