पत्रकार गौतम नगद पुरस्कार सहित सम्मानित

काभ्रे । जिल्ला सहकारी सङ्घ लिमिटेड डिस्कोफले कोशिपारी अनलाइन न्युजका संचालक अरबिन्द्र गौतमलाई पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

प्रेस चौतारी नेपाल काभ्रेका सह सचिव एवं काभ्रे प्रेस डट कमका प्रधान सम्पादक गौतमलाई डिस्कोफको ४२ औँ वार्षिक साधारणसभाको अवसरमा मंगलबार बनेपामा आयोजित कार्यक्रममा बागमती प्रदेशका संस्कृती, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले ‘पत्रकारिता सम्मान तथा पुरस्कार’ बाट सम्मानित गरे ।

नव क्षितिज साप्ताहिकको सह सम्पादक तथा पावर न्युजको संवाददाता समेत रहेका गौतमलाई जिल्ला सहकारी संघ काभ्रेले पाँच हजार नगद सहित दोसल्ला ओडाएर सम्मानपत्र प्रदान गरेको छ । एक दशक देखी पत्रकारिता क्षेत्रमा कृयाशिल गौतमले यस भन्दा अगाडि पनि धेरै सम्मानहरु प्राप्त गरिसकेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महर्जनले बागमती प्रदेशभित्र अब कुनै पनि प्रकारका नयाँ सहकारी दर्ता नहुने बताएका छन् । । समस्याग्रस्त सहकारीले नियम, कानुन मिचेर कारोबार गरी नागरिकलाई झन्झट, दुःख दिएको पाइए कारबाही गर्ने उनले चेतावनीसेमत दिए।

मन्त्री महर्जनले सहकारी धराशायी भए नागरिकको बचत पनि धराशायी हुने भएकाले सहकारी र बचतकर्ताबीचको विश्वास पुर्नर्जिवित गर्नुपर्ने आवश्यकता औँल्याए। प्रदशेस्तरमा सहकारीको अनुगमन गर्ने छुट्टै समिति निर्माण गरिने उल्लेख गर्दै समस्याग्रस्त सहकारी घोषणाको तयारी भइरहेको उनी बताउँछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।