सुनसरीमा करेन्ट लागेर १ जनाको मृत्यु
सुनसरी । सुनसरीको भोक्रहा नर्सिङ गाउँपालिका-१ मा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
मंगलबार साँझ साढे ६ बजे सराज मन्सुरीको १० बर्षीया छोरी गुलासा खातुनलाई टर्चलाईट चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेको थियो ।
घटनाबारे जानकारी पाउनासाथ तत्काल घटनास्थलमा खटिएको प्रहरी चौकी भोक्रहा नर्सिङको प्रहरी टोलीले घाईते उनलाई उपचारकोलागी जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।


