इलाममा डेंगु सङक्रमणबाट एक बालिकाको मृत्यु
इलाम । इलाम रोङ गाउँपालिका-०३ बस्ने ददिराम राईको छोरी वर्ष ४ कि निहान राईको डेंगु सङक्रमण भई मृत्यु भएको छ ।
भाद्र ३० गते बिरामी भई उपचारका लागि बि.एण्ड.सि अस्पताल बिर्तामोड झापा लगिएकोमा निज बालिकालाई डेंगु सङक्रमण भएको अस्पतालले पुष्टि गरेको थियो ।
उपचार कै क्रममा हिजो बालिकाको मृत्यु भएको छ ।


