मदिराले लठ्ठ बनाएर युवतीको सामूहिक हत्या, चार जना पक्राउ

धनगढी । कञ्चनपुरमा एक युवतीको सामूहिक हत्या अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्लाको पुनर्वास नगरपालिका–३ को आई.बि.आर.डि. बजार बस्ने २७ वर्षीया लक्ष्मी घर्तीको हत्या अभियोगमा चार जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुस्करराज पन्तले भदौँ ३० गते आईबीआरडी बजारदेखि (घ) गाउँ तर्फ जाने सडकमा वेवारिसे अवस्थामा मृत भेटिएकी घर्तीको सामूहिक हत्या गरेको अभियोगमा आइतबार चार जनालाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा बेलौरी नगरपालीका–१ बस्ने २७ वर्षीय सरोज राना, १९ वर्षीय राहुल राना, लालझाडी गाउपालिका–१ नौरङगा बस्ने ३३ वर्षीय सेनराज राना, ३३ वर्षीय पर्शु राना रहेको प्रहरी निरीक्षक पन्तले बताए । हत्या संलग्न भनिएका लालझाडीका ३० वर्षीय राजकुमार राना फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

२९ भदौको साँझ मामाघर जान्छु भनेर घरबाट निस्किएकी घर्ती भोलिपल्ट आईबीआरडी बजारदेखि (घ) गाउँ तर्फ जाने सडकमा मृत भेटिएकी थिइन् । शव परीक्षणका क्रममा टाउको, दाहिने कान लगायत शरीरमा चोट देखिएपछि प्रहरीले गम्भीरतापूर्वक घटनाको अनुसन्धान थालेको थियो ।

प्रहरी निरीक्षक पन्तकाअनुसार अनुसन्धानका क्रममा घर्ती घरबाट निस्किएको दिन हत्या आरोपमा पक्राउ परेका युवाहरुले ललाई फकाई गरी मोटरसाइकलमा राखेर लालझाडी गाउँपालिका–१ को लालझाडी जंगलमा हात्ती हेर्न तथा बनको रेखदेख गर्नका लागि लगेको पाइएको थियो ।

त्यहाँ बनाइएको काठको टहरामा घर्तीलाई लगेर मदिरा सेवन गराएपछि राति साढे १० बजेको समयमा उक्त टहराको तेस्रो तलाबाट लक्ष्मी घर्तीलाई उनीहरुले खसाएकाले देखिएको प्रहरीको भनाई छ ।

टहरोबाट खसालेपछि गम्भीर घाइते भएकी घर्तीलाई बेहोस अवस्थामा मोटरसाइकलमा राखेर मृतकको माईती घर नजिकै सडक किनारमा शव फालेर पाँचै जना भागेको खुलेको प्रहरी निरीक्षक पन्तले बताए ।

लक्ष्मीको हत्यामा संलग्न भएका पाँच मध्ये पक्राउ परेका चार जनालाई अदालतबाट ५ दिनको म्याद थपेर नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ भने फरार रहेका राजकुमार रानाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।-प्रेसपत्र

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।