विराटनगरमा जीआइएस हाउस नम्बरिङ सुरु

विराटनगर । आरयुडीपी प्रोजेक्टअन्तर्गत विराटनगर महानगरपालिकाले वैज्ञानिक ठेगाना प्रणाली (जीआइएस हाउस नम्बरिङ सिस्टम) कार्यान्वयनका लागि घर नम्बर राख्न सुरु गरेको छ ।

महानगरले सहरीकरणसँगै घर संख्या बढ्दो अवस्थामा रहेका कारण मेट्रिक ठेगाना प्रणाली कार्यन्वयनमा ल्याएको हो । यो प्रणालीले नगरवासीको घर पहिचान सहज बनाउनेछ । महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले आइतबार जीआइएस हाउस नम्बरिङ सिस्टमको प्रारम्भ गर्नुभयो । नमुनाका रुपमा पहिलो चरणमा ६७ घरमा नम्बरिङ गरिनेछ ।

विराटनगरका आसपासका मुख्य बजार क्षेत्रमा नम्बरिङ गरिने महानगरपालिकाले जनाएको छ । निकट भविष्यमा अन्य स्थानमा पनि नम्बरिङ कार्यान्वयन गराउने कार्यबाहक मेयर कार्कीले बताउनुभयो ।
एडीबीको सहयोगमा सञ्चालन भएको आरयूडिपी परियोजनाअन्तर्गत छुटेको काम अहिले कार्यन्वयनमा आएको महानगरपालिका इन्जिनियर अर्जुन थापाले जानकारी दिनुभयो । यसलाई क्रमशः सबै वडामा विस्तार गर्ने लक्ष्य राखिएको छ ।

यो प्रणालीमा मुख्य त सडकको दूरीलाई आधार बनाउने गरिन्छ । सडक÷गल्लीको नाम र दुरीको आधारमा घर नम्बर प्रदान गरिने भएकाले पहिचानमा सहज हुने भएको हो । घरसँग जोडिएको सडकको सुरुको बिन्दुदेखि घरको मूल ढोकासम्मको दुरी घरको नम्बर प्लेटमा राखिनेछ ।
बाटोको सुरुको बिन्दुबाट मिटरको आधारमा दाँयापट्टी जोर नम्बर बाँया पट्टी बिजोर नम्बर दिइनेछ । कर व्यवस्थापनका लागि महानगरलाई सहज हुनेछ ।

वैज्ञानिक प्रणालीअन्तर्गत घर नम्बर पत्ता लगाउन पनि सहज हुनेछ । सडकको चोक तथा मिलन बिन्दु (दोबाटो–चौबाटो) देखि कुनै निश्चित घरको दूरीका आधारमा ठेगाना पत्ता लगाउन सकिने प्रणालीलाई मेट्रिक प्रणाली भनिन्छ ।

कार्यबाहक मेयर कार्कीले महानगरसँगै जोडिएको विराटनगर–७ का देवकीनन्दन अग्रवालको घरमा पहिलो नम्बर टाँस गरेर यसको शुभारम्भ गर्नुभयो । योसँगै रोडशेषलाई मिनल बिन्दु मानेर मेन रोडका घरहरूमा दूरीका आधारमा घर नम्बर टाँस गरिनेछ । यसमा बाटो–गल्ली–टोल नाम उल्लेख हुनेछ । यसले भविष्यमा स्मार्ट सिटीका रुपमा विकास गर्नसमेत सहयोग पुग्ने कार्यबाहक मेयर कार्कीले जानकारी दिनुभयो ।

त्यसबाहेक कर तथा राजस्व, नागरिकको स्तर बर्गिकरण, विपद् आईपर्दा द्रुत सेवा सञ्चालन, गरिबी पहिचान, पूर्वाधार पहुँच लगायतको विषय जानकारी हुन सजिलो हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।